दफा २१
उजूरी तामेलीमा राख्न सक्ने उजूरी तामेलीमा राख्न सक्ने
आयोगमा प्राप्त भएको उजूरी वा जानकारी सम्बन्धमा छानविन गर्दा कारबाही चलाउन पर्याप्त आधार नभएमा आयोगले कारण खुलाई त्यस्तो उजूरी तामेलीमा राख्न सक्नेछ ।
तर त्यस्तो उजूरीको सम्बन्धमा कारबाही गर्नु पर्ने विषयमा पछि प्रमाण प्राप्त भएमा आयोगले सो उजूरी उपर छानविन गर्न सक्नेछ ।